काठमाडौं– महिलाहरुले आफ्नो शरीर र स्वास्थ्यमा हुने साना परिर्वतन र समस्याहरुलाई बेवास्ता गर्छन्। तर यी सामान्य रूपमा लिएका समस्याहरु पछि गएर गम्भिर रुप लिन सक्छन्।
मासिक धर्म– मासिक धर्मको समयमा सामान्य रक्तश्राव भन्दा बढी रक्तश्राव भएमा फाइब्रोइड वा गर्भाशय ट्युमर हुन सक्छ। यसले एनीमिया, थकान, गर्भावस्थामा समस्या निम्त्याउन सक्छ।
तौल घटेमा– डायटिंग वा कसरत बिना अचानक तौल घट्दै गएको छ भने, वा बिना कारण ५ किलो भन्दा बढी तौल घटेको छ भने पित्तथैलि, पेट, फोक्सोको क्यान्सर जस्ता रोगको संकेत हुन सक्छ।
चक्कर आएमा– कुनै शारीरिक परिश्रम बिना वा अन्य कुनै प्रकारको रोग बिना चक्कर आएमा हृदय रोगको संकेत हुन सक्छ। ।
पखाला– प्राय राती पखाला लाग्दा सजग हुनु पर्दछ। यसले गर्दा शरीर भित्रको अंगहरु सुन्निएको वा संक्रमण भएको हुन सक्छ।
आँखाको समस्या– कुनै पिडा बिना आँखाको शक्ति अचानक घटेमा स्ट्रोकको लक्षण पनि हुन सक्छ। वास्तबमा यो जोखिम पुरुषहरुमा भन्दा पनि महिलाहरुमा बढी हुने गर्छ।