काठमाडौं– व्यस्त जिवनमा स्वास्थको ख्याल राख्नु निकै चुनौतीपूर्ण रहेको हुन्छ। कतिपय मानिसहरुले व्यस्त जिवनमा पनि आफुलाई फिट रहनको लागि आफु अनुकूल समय निकाली विभिन्न उपायहरु अपनाउने गरेका हुन्छन्।
प्रदुषण र बदलिएको मौसमको कारण विभिन्न स्वास्थ्य समस्याहरु आउने गर्छन्। यस्ताे अवस्थामा एकै साथ स्वास्थ्य र अनुहारको छालामा विशेष हेरचाह गर्नुपर्ने हुन्छ। खानामा यी पोषक तत्त्वहरु समावेश गरेमा दुवैलाई फाइदा गर्दछ।
दूध– दैनिक बिहान र बेलुका एक गिलास दूध पिउँदा शरीरलाई फाइदा पुग्छ।
दहि– दहि वा लस्सीबाट बनेको परिकारले पाचन सही राख्छ। दहिमा धानको पिठो वा बेसनको पिठो मिसाएर लगाउँदा अनुहारको दागहरु हटेर जान्छ।
स्याउ– दिनहुँ स्याउ सेवनले छाला तथा स्वास्थमा फाइदा गर्नुका साथै स्याउको पेस्ट अनुहारमा लगाउँदा धेरै राम्रो हुन्छ।
कागती– कागतीको रस पेटलाई मात्र नभएर छालाका लागि पनि धेरै लाभदायक हुन्छ। दिनहुँ कागती पानी पिउँदा पेटको समस्या बाट राहत पाउन सकिन्छ। साथै कागतीलाई ग्लिसरीन र नुनसँग मिसाएर अनुहारमा लगाउँदा छालालाई नरम र मुलायम बनाउँछ।