काठमाडौं– धेरै मानिसहरुको रोएपछि टाउको दुख्छ। टाउको र रुवाईबीचमा त्यस्तो के सम्बन्ध हुन्छ? यस बारेमा केही चर्चा गरौँ। हामी भावुक व्यक्ति नभएपनि कहिलेकाहीँ कुनै न कुनै कुराले रुन मन लाग्छ। रुनु प्राकृतिक कुरा पनि हो।
कहिले अरुको दुःखका कुरा सुनेर त कहिले भावनात्मक चलचित्र हेरेर आँसु बगाइन्छ। यो आफूभित्र भएको भावना व्यक्त गर्ने प्राकृतिक तरिका हो। रोएपछि आँखामा पानी मात्र आउने होइन आँखा सुनिएर रातो हुन्छ। धेरै मानिसको टाउकोसमेत दुख्न थाल्छ।
वैज्ञानिकले भनेका छन्, ‘जब कोही व्यक्ति रुन्छ तब उसको भावना बलियो हुन्छ, र रुनुका साथसाथै तनाब ऐग्जाइटी पनि आउने गर्छ। रुने क्रममा शरीरमा जुन भावना निकै बढ्ने कारणले शरीरमा तनाब हर्मोन कार्टिसोल निस्कासन हुने गर्छ। यस दौरानमा दिमागमा न्युरोट्रांसकिर्टस उत्तेजित भएर टाउको दुख्ने गर्छ। खुशीको समयमा रुदाँ टाउको दुख्दैन। तर नकरात्मक भावनाको कारण रोएमा मानिसकाे टाउको दुख्छ।’
रोएपछि टाउको दुखाईलाई तीन भागमा बाड्न सकिन्छः
तनावको कारण– यो सामान्य टाउको दुखाई हो। यसमा रोएपछि मांसपेशी टाइट हुने गर्छ। यसको कारण टाउको दुख्नुका साथै काध पनि दुख्ने गर्छ।
माइग्रेनको टाउको दुखाई– माइग्रेनको टाउको दुखाई सामान्य भन्दा फरक हुने गर्छ। यसमा पुरै टाउको होइन, टाउकोको एक भाग मात्र दुख्ने गर्छ। साथमा उल्टी आउने, चकिलो प्रकाश देख्दा गाह्रो हुने, हो–हल्लाबाट दिक्क लाग्ने हुन्छ। तपाईँलाई माइग्रेन पहिले नै छ भने रोएपछि माइग्रेनले पुनः सताउँछ।
पिनाशको दुखाई– हाम्रो आँखा, नाक, कान, गाला सबै भित्रैबाट जोडिएको हुन्छ। यदि पिनाश भएको छ भने रोएपछि साइनस एरियामा असर गर्न सक्छ। जब आँसु र म्युकस बन्न लाग्छ तब टाउकोमाथि प्रेसर बढ्न गई तपाईलाई टाउको दुख्ने गर्छ।
टाउको दुखाई कम गर्ने उपायः
केही समयका लागि अँध्यारो कोठामा आराम गर्ने, आँखामा तातो वा चिसो प्याक राख्ने, अदुवा हालेको चिया पिउने, धेरै पानी पिउने र ठिक नभएमा औषधी खानुपर्छ।