काठमाडौं – किडनी मानव शरिरको एउटा महत्वपूर्ण अंग हो। तर हाम्रो आफ्नै कारण र हाम्रो खानपाको अनियमितताका कारण किड्नी फेल हुने घटनाहरु हिजाेआज सामान्य जस्तै बनेको छ। किड्नी फेल हुनु भनेको किड्नी खुम्चनु हो। आज हामी किड्नी संबन्धी रोगबाट बाच्न एकदमै उपयोगी एक बनस्पतीको औषधीका बारेमा तपाईलाई जानकारी दिदैँ छाैँ जुन एकदमै उपयोगि रहेको छ।
काली गेडीपरि
काली गेडीपरि गोलभेडा जस्तै देखिने एक बनस्पती हो। जुन किड्नीका बिरामीको लागि एकदमै उपयोगी हुन्छ। यसलाई ठाउँ अनुसार जंगली बिही पनि भन्ने गरिन्छ।
यो झार नेपालमा जताततै पाइन्छ। यो झारका ससाना दाना पाके पछि काला हुन्छन् र केटाकटीले यदाकदा खाने पनि गर्दछन्। यो वनस्पतीको पुरै बिरुवा उखालेर राम्ररी सफा गरि सफा ठाउँमा पिँध्नेर २० मि.लि का दरले दिनको दुइ पटक तीन मिहना सम्म नियमित सेवन गर्नाले किड्नी संबन्धी समस्या हराएर जानेछ।