एजेन्सी – घ्युकुमारी करिब २ सय ५० प्रजातिका हुन्छन्। यसमध्ये केही प्रजातिमा मात्र औषधीय गुण हुने गर्छ। यसमा सबैभन्दा प्रभावशाली प्रजाती बार्बाडेन्सीस वा एलोभेरा हो। हाम्रो शरिरको सही विकारका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ। यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ।
एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ। एलोभेरा जुसले गर्भासयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ, भने गर्मी वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ।
यस्ता छन् एलोभेरा जुसका फाइदा
– एलोभेराको जुस नियमित प्रयोग गर्नाले छालामा चमकता ल्याउनुको साथै स्वस्थ समेत राख्छ। यस्तै, यसले कपाललाई पनि स्वस्थ राख्ने र रूखोपनलाई कम गर्ने गर्छ। दैनिक रूपमा एक गिलास एलोभेरा जुस पिउनाले तौल घट्नुका साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ र मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ।
– एलोभेराको जुसले दाँतको पहेलोपन पनि कम गर्छ। यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ र सासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ। एलोभेराको जुस एक हिसाबले शक्ति दिने पदार्थ पनि हो। यसको नियमित प्रयोगले शरिरलाई दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ। यसले रोग प्रतिरोधी क्षमतालाई पनि बृद्धी गर्छ। एलोभेराको जुसले रगतको सञ्चालनलाई ठिक गर्छ। यसले रक्त चापका रोगीलाई पनि निकै फाइदा पुर्याउँछ। यस्तै, मुटुका बिरामीका लागि पनि यो निकै उपयोगी हुन्छ।