एजेन्सी– ल्वाङको प्रयोग नेपाली खानाबाहेक आयुर्वेदिक उपचारको लागि पनि प्रयोग गरिन्छ। यसको प्रयोगले खानाको स्वाद त बढाउँछ नै, औषधीको रुपमा प्रयोग गर्दा झनै उपयोगी हुन्छ। ल्वाङले स्वास्थ्य सन्तुलित बनाउने गर्छ भने स्वास्थ्य समस्याबाट जोगाउने कैयौं गुणहरु पनि यसमा रहेको हुन्छ।
मुखको दुर्गन्ध– २ वटा ल्वाङ एउटा सानो सुकमेलसँग चपाउँदा मुखको दुर्गन्धबाट छुटकारा मिल्छ । एक कप उम्लिरहेको वानीमा २ वटा ल्वाङ पिसेर राख्ने र पानी चिसो भएपछि पिउने गर्दा ग्याष्ट्रिकको समस्या बाट राहत पाइन्छ।
दाँत दुखाई– १ चम्चा कागतीको रसमा २ वटा ल्वाङ घोटेर दाँतमा लगाउँदा दाँत दुखाइको पीडाबाट राहत पाइन्छ। मुखमा फोका उठेमा २ वटा ल्वाङ हल्का भुटेर मुखमा राख्नाले फोका निको हुन्छ।
पखाला र ज्वरो– २ ल्वाङ र ४/५ वटा तुलसीका पात एक कप पानीमा उमालेर पिउँदा पखाला तथा ज्वरो बाट राहत मिल्छ। गर्धन दुखाईमा पनि २ वटा ल्वाङ पिसेर एक कचौरा तोरीको तेलमा मिसाएर हल्का मालिस गर्दा आराम दिन्छ । त्यस्तै पेटमा जुका वा अन्य परजीवी परेमा पनि २ वटा ल्वाङ पिसेर १ चम्चा महसँग २ हप्तासम्म खाएमा ठिक हुन्छ।
टाउको दुखाई– २ वटा ल्वाङ र एक चिम्टी कपुर पिसेर नरिवलको तेलमा मिसाइ टाउको मालिस गर्दा दुखाइ कम हुन्छ। रुखो कपालको लागि २ वटा ल्वाङ आधा कप जैतुनको तेलमा मिसाएर मधुरो आँचमा तताएर सेलाएपछि कपालमा लगाउनाले कपाल चम्किलो हुन्छ।