एजेन्सी– चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट विश्वभर ३८ सय ८२ जनाको मृत्यु भएको छ भने एक लाख एघार हजारभन्दा बढी मानिस संक्रिमित भएका छन्। त्यस्तै ६२ हजार ६ सयभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन्।
कोरोनाबाट चीनमा सबैभन्दा बढी ३ हजार एक सय २० जनाको मृत्यु भएको छ भने इटालीमा ३ सय ६६ जनाको ज्यान गएको छ। त्यस्तै इरानमा २ सय ३७, दक्षिण कोरियामा ५३ जना, स्पेनमा २५ जना, अमेरिकामा २२ जना, फ्रान्समा १९ जनाले ज्यान गुमाइसकेका छन्।
