काठमाडौं– लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनुका साथै केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउन सक्दछ। तर, लसुनको सेवन तल उल्लेख गरिएकाे स्वास्थ्य समस्या भएकाहरूकाे लागि राम्रो हुँदैन।
कम रक्तचाप भएको व्यक्ति– लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ।
झाडापखाला लागेको व्यक्ति– झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा स्वास्थ्यमा हानी पुग्छ। यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ। जसको कारण आन्द्रामा घाउ हुन जान्छ। यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ। यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्।
कलेजोको समस्या भएको व्यक्ति– ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो जसले मानिसको कलेजोलाई असर गर्दछ। तर हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन।
किनभने लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ। जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ।
आँखा रोग भएको व्यक्ति– आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ। साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।