काठमाडौं– शरिरको तौल बढी भएर धेरै मानिसहरु चिन्तित छन्। धेरैले शरिरको तौल घटाउन खोज्दा पनि तौल घट्दैन्। यही पीर धेरैमा हुन्छ, तौल घटाउन सोच्दा जति सजिलो लाग्छ, तर यो साचे भन्दा निकै नैै गाह्रो काम हो। तपाईको तौल घट्नुमा धेरै कुराहरुले प्रभाव पार्ने गर्दछ।त्यसमध्ये तपाईको पाचन शक्क्ति (मेटाबोलिजम) पनि एक हो।
जसले तपाईले खाएको खानालाई उर्जामा रुपान्तरण गर्दछ। धेरै मेटाबोलिजम हुँदा शरीरमा बोसो जम्मा हुँदैन। जसले तपाईलाई चाँडो तौल घटाउन मद्धत गर्दछ। कुनै पनि प्रकारको शारीरिक गतिवधिमा संलग्न भएर मेटाबोलिजमको गति बढाउन सकिन्छ। अधिक मात्रामा शारीरिक अभ्यास गर्दा यसले शरीरमा क्यालोरी र बोसो घटाउन मद्धत गर्दछ, भने सहि खाना खाएर पनि हामीले शरीरमा भएको क्यालोरीलाई छिटो घटाउन सक्छौं।
तौल घटाउनका लागि निम्न खानाहरु खान सकिन्छः
भेडे खुसार्नी– भेडे खुसार्नी, रातो खुसार्नीहरुमा पाईने एक तत्व हो। जसले मसालेदार स्वाद दिन मद्धत गर्दछ। क्यापसाईसिनलाई तपाईको खानामा समावेश गराउँदा यसले तपाईको शरीरको क्यालोरी पगाल्ने दर बढाएर पाचन शक (मेटाबोलिजम) बढाउन मद्धत गर्दछ। २० भन्दा बढि अनुसन्धानकर्ताहरुले क्यापसाईसिनको प्रयोगले तपाईको शरीरको ५० क्यालेरी पगाल्न मद्धत गर्छ।
कालो कफी– कफीलाई त्यति स्वस्थ पेय पदार्थको रुपमा लिईदैन तर तौल घटाउने कुरामा यो एकदमै राम्रो पेय पदार्थ हो। केही अध्ययनले कफिमा भएको क्याफिनले शरीरको मेटाबोलिजम ११ प्रतिशत बढाउने देखाएको छ। दिनहुँ २७० मिलिग्राम क्याफिन सेवन गर्दा दैनिक सय क्यालोरी पगाल्न मद्धत गर्दछ।
एप्पल साईडर भिनेगर– दिनहुँ एप्पल साईडर भिनेगर सेवन गर्नाले तपाईको शरीरको बोसो घटाउन मद्धत गर्दछ। विभिन्न जनावरमा गरिएको अध्यनले एप्पल साईडर भिनेगरले शरीरको उर्जाको रुपमा परिणत हुने बोसोको मात्रा बढाउँदछ। दिनहुँ १ चम्चा एप्पल समईडर भिनेगर आधा गिलास पानीमा राखेर पिउनुहोस्।
नरिवलको तेल– नरिवलको तेलमा मिडियम चेन ट्राईग्लाईसेरिड हुन्छ, जसलाई तौल घटाउनको लागि निकै महत्वपुर्ण तत्वको रुपमा लिईन्छ। केही अनुसन्धानकर्ताहरुका अनुसार दिनहुँ ३० मिलिलिटर नरिवलको तेलको सेवनले अत्याधिक मोटो व्यक्तिहरुको कम्मरको साईज घटाउन मद्धत गर्दछ।
प्रोटिन युक्त खानेकुरा– प्रोटिनले शरीरको मांसपेशिहरुको निमार्णको लागि मात्र नभएर क्यालोरी पगाल्नको लागि पनि काम लाग्दछ। माछा, अण्डा, दुग्ध जन्य पदार्थ, काजु जस्ता प्रोटिन युक्त खानेकुराहरु खाँदा त्यसले केही घण्टाको लागि तपाईको पाचन शक्क्ति बढाउन मद्धत गर्दछ, भने प्रोटिन युक्त खानेकुराहरुले तपाईलाई लामो समयसम्म पेट भरि राख्न मद्धत गर्दछ जसले तपाईलाई बढि खानबाट बचाउँछ।