काठमाडौं– पानी पिउँदाको फाइदा बारेमा त सबैलाई थाहा नै छ। पानी जतिकै अर्को फाइदाजनक पेय पदार्थ हो नरिवल पानी। यसको अनेकौ फाइदाहरु पनि छन्। बच्चा, गर्भवती महिलादेखि लिएर वृद्ध वृद्धा मानिसहरु सबैलाइ नरिवल पानी फाइदाजनक मानिन्छ।
नरिवल पानीको स्वास्थ्यमा सकारात्मक प्रभाव
डिप्रेसनबाट मुक्ति– रिबाफ्लाभिन, प्याथोजेनिक एसिड र थिआमिन यी तीन यस्ता भिटामिन हुन् जसले व्यक्तिमा तनाव र डिप्रेसनलाई कम गर्न मद्दत गर्दछ। यी महत्त्वपूर्ण भिटामिनहरु नरिवल पानीमा पाइन्छ।जसले मुडलाई ताजा बनाई दिन्छ।
शरिरको तौल घटाउन– नरिवल पानी कम क्यालोरी भएको पेय हुनाले डाइटमा भएका र केही वजन घटाउन चाहने व्यक्तिहरूको लागि राम्रो विकल्प पनि हो।
कम क्यालोरीयुक्त पेय पदार्थ– नरिवल पानी प्रशोधित फलफुलको जुसको सट्टा राम्रो र स्वस्थ विकल्प हो। चिनी र क्यालोरी कम भएको नरिवलको पानी मधुमेह रोगीहरूको लागि पनि राम्रो औषधि हो।
जवान देखिन मद्दत गर्छ– नरिवलमा साइटोकिन र लौरिक एसिड पाइन्छ। यसले उमेर कम गर्न मद्दत गर्छ। साथै छालाको पीएचलाई ब्यालेन्स गर्न मद्दत गर्दछ। यसले छालामा प्राकृतिक चमक ल्याउन मद्दतगर्नु का साथै छालालाई संक्रमणबाट बचाउन मद्दत गर्छ। यसले कपाललाई आवश्यक पोषण दिएर राम्रो बनाउँछ।
शरिर मजबुद बनाउन– क्यल्सियमको उत्कृष्ट स्रोत रहेको नरिवल पानीले हड्डीलाई मजबूत र स्वस्थ राख्न मद्दत गर्दछ। नरिवल पानी पोटासियमको राम्रो स्रोत भएकोले मांसपेशीको पीडालाई कम गर्न समेत सहयोग गर्छ।