काठमाडौं– पिसाब पोल्ने समस्याबाट छुटकारा पाउनका लागि सामान्य सावधानी अपनाउँदा हुन्छ। सामान्यतया पिसाबको रङ हल्का पहेँलो देखि अलि गाढा पहेँलोसम्म हुन्छ।
यदि अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पहेँलोपन हराउँछ भने डराउँनु पर्दैन। तर एक दिन भन्दा बढि यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको हुन सक्छ। विभिन्न यौनरोगहरुको संक्रमण, कुनै विष, कडा औषधिका कारण पनि पिसाब पोल्ने गर्दछ।

पिसाब पोल्ने समस्याबाट बच्ने उपायः
हरेक दिन नरिवलको पानी सेवन गर्ने, तरकारीमा मेथीको साग सेवन गर्ने, पाकेको आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्ने र धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नुका साथै प्रशस्त पानी पिउनु फाईदाजनक हुनेछ।