ललितपु र– ललितपुरस्थित पाटन अस्पतालमा कोरोना भाइरस (कोभिद १९) को आशंकामा २ जनालाई भर्ना गरिएको छ।आइतबार विहान अस्पताल आएका दुईजनामा कोरोनाको लक्षण देखा परेपछि भर्ना गरेर निगरानी बढाइ उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ।
हालसम्म नेपालमा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको बेला ललितपुरको पाटन अस्पतालमा दुई जना विरामीलाई यो भाइरसको आशंका गरिएको छ।
अस्पताल स्रोतको अनुसार अहिलेसम्म रिपोर्ट लिने काम भइरहेको छ। कोरोना हो होइन भन्ने कुरा भने पुष्टि भइसकेको छैन। हालसम्म अस्पतालले दुईजनाकै नाम भने खुलाएको छैन।