काठमाडौं– प्रिग्नेन्सीका समयमा शरीरमा आउने परिर्वतका कारण महिलाले धेरै किसिमका स्वास्थ्य समस्या सामना गर्नुपर्ने हुन्छ। त्यसैले विशेष रुपमा सजगता अपनाउनु पर्दछ। गर्भावस्था कुनै पनि महिलाको जीवनको सबै भन्दा रमाईलो यात्रा पनि हो।
गर्भावस्थाको पहिलो महिनाः गर्भधारणको पहिलो महिनामा त्यति स्वास्थ्य समस्या हुँदैन। यसमा महिनावारी हुन बन्द हुन्छ र पटक–पटक पिसाब लाग्ने हुनसक्छ। त्यतिबेला भ्रूणको आकार चामलको दाना बराबरको हुन्छ।
दोस्रो महिनाः यो समय केही जटिल हुन्छ र शिशुको हृदयको विकास दोस्रो महिनामा हुन्छ। त्यसअवस्थामा अल्ट्रासाउन्डबाट शिशुको शिर कतातिर छ भन्ने कुरा थाहा हुन्छ।
तेस्रो महिनाः शिशुको हड्डीको निर्माण हुन्छ भने, हातखुट्टाकासाथै कान तथा बाहिरीअंग पनि बन्न थाल्छन्। यतिबेला शिशुको टाउको नै शरीरको सबैभन्दा ठूलो भाग हुन्छ।
चैथो महिनाः याे महिनामा हार्मोनको निर्माण हुने भएकाले शिशुको शरीरबाट एमनियोटिक द्रव पनि निस्कन थाल्दछ।
पाँचौ महिनाः शिशुको लम्बाइ लगभग २५ सेन्टिमिटर हुन्छ र शिशुले हाई गर्न तथा फेसियल एक्सप्रेसनदिन थाल्छ भने, पेटमा उसको गति महसुस गर्न सकिन्छ।
छैठौं महिनाः यो अवस्थामा शिशुको आँखा खुल्न तथा बन्द हुन थाल्दछ।
सातौं महिनाः यो अवस्था शिशुको किक महसुस गर्ने समय हो। शिशुको पाचनतन्त्र तथा आफ्नो सासको गति महसुस गर्न सकिन्छ। उसको टाउकोमा केश बाक्लो हुन थाल्दछ।
आठौं महिनाः यस अवस्थामा शिशु पुर्णरुपमा विकसित हुन थाल्छ। यतिबेला शिशुको मुभमेन्ट केही कम हुनसक्छ।
नै महिनाः यतिबेला शिशुले कुनै पनि समयमा यो दुनियाँमा कदम राख्न सक्छ।