काठमाडौं– हरियो साग स्वादिलो तथा पोषणयुक्त तरकारीका रूपमा मानिन्छ। त्यस्तै, आयुर्वेदका अनुसारमेथीको साग बहुउपयोगी हुनुका साथै मेथीको साग स्वास्थ्यका लागि अत्यन्त लाभदायक पनि मानिन्छ। जसको सेवनले पाचन प्रक्रियालाई सक्रिय बनाएर कब्जियत, अपच तथा ग्याष्ट्रिक जस्ता पेटसम्बन्धी रोगहरूमा फाइदा र्पुयाउँछ।
मेथीको सागमा भएको विभिन्न तत्वले बारम्बार पिसाब आउने समस्या भएका व्यक्तिहरूलाई फाइदा र्पुयाउनुका साथै शरीरको अनावश्यक बोसोलाई पगालेर तौल नियन्त्रण गर्न मद्दत गर्छ। मेथीको सागले कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप, हृदयघात तथा मुटुसम्बन्धी रोगहरू लाग्न दिँदैन वा रोग लागिसकेका बिरामीहरूलाई उपयोगी हुन्छ।
मेथीको साग सुन्दरता बढाउनका लागि पनि प्रयोग गर्न सकिन्छ। मेथीको सागको नियमित सेवनले कपालमा आएको चाया हटाएर, कपाल छिट्टै बढ्नुका साथै कपाल चम्किलो हुन्छ र मेथीको सेवनले छालामा आएका घाउ, खटिरा तथा डण्डीफोरको दाग हटाउनुका साथै अनुहार चाउरी हुनबाट समेत जोगाउँछ।