काठमाडौं – स्वस्थ रहन फलफूलको निक्कै महत्व रहेको हुन्छ। जस्मध्ये काचो केरा पनि एक हो। काँचो केराको प्रयोगले शरीरलाई स्वस्थ र उत्कृष्ट बनाउँछ। काचो केरामा पूरा मात्रामा पोटासियम हुने गर्दछ। जस्ले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँदछ।
यस्तै काँचो केराले मानिसलाई दिनभरी सक्रिय बनाउँछ। यसका साथै काँचो केरामा रहेको भिटामिन बी ६, भिटामिन सी, एण्टी—ओक्सीडेट् पाउनुका साथै कोसिकाको पोषण समेत दिने गर्दछ। काँचो केराको सेवनले धेरै बिराम निको हुनुको साथै मोटोपना घटाउँदछ।
काँचो केरा सेवनका फाईदाहरु
क्यान्सर हुनबाट जोगाउँछ – काँचो केरामा कयौ यस्तो तत्व पाउँछ जसले शरिरमा क्यान्सरको आक्रमण हुनबाट बचाउँछ। यसैले यसको प्रयोग नियमित गरेमा उपयुक्त हुन्छ।
कब्जियत समस्या हटाउँछ – यसको प्रयोगले हाम्रो शरीरमा जमेको विशाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्दछ। कब्जियतको समस्या भएमा मानिसलाई अनेकन रोग लगा्ने गर्दछ।
पेट सम्बन्धी समस्याको उपचार – काँचो केरा हाम्रो पेटको लागि निक्कै फाइदामय हुन्छ। यसको सेवनले पेटलाई भरिभराउ रान्ने गर्दछ। जसको कारण पाँचनसम्बन्धी कुनै पनि रोग लाग्न पाउँदैन।
हडिलाई मजबुद – काँचो केराले शरीरको हड्डिलाई मजबुद बनाउने गर्दछ। किनकी केरामा पाइने क्याल्सियमले शरीरको हड्लाई मजबुद बनाउने गर्दछ।
भोकलाई नियन्त्रण गर्छ – यसमा रहेको पौष्टिक तत्वले हाम्रो पेटलाई चाहिने तत्वहरु पुर्याइरहेको हुन्छ जसको कारण हामी खानाको मात्रा पूरा हुने गर्दछ।
तौल घटाउँछ – यसमा फाइबर भरपूर मात्रामा पाइने भएकाले यसको सेवनले मानिसमा हुने मोटोपनलाई घटाउँछ। शरीरमा जमेर बसेको फ्याटलाई हटाएर शरीरलाई सफा गरिदिन्छ। जसको कारण फ्याट बढ्न पाउँदैन र शरीरमा तौलको मात्रा बढ्न पाउँदैन।
डायबिटीजको कन्ट्रोल गर्छ – तपाई यदि डायबिटीजको बिरामी हुनुहुन्छ भने, काँचो केरा प्रयोग गर्नुहोस्। यसको सेवनले तपाईलाई धेरै नै फाइदा गर्छ भने, केरामा रहेको तत्वले डायबिटीजलाई कन्ट्रोल समेत गर्दछ।