काठमाडौं– मिनरल्सकै कारण शरीरको तरल पदार्थ सञ्चालित हुन्छ। यसले उच्च रक्तचाप, हृदयको गति, नाडीको गतिलाई नियमित राख्छ। शरीरमा पोटासियम नामक मिनरल्सको कमी भएमा मांसपेशी कमजोर हुने तथा वाकवाकी लाग्ने गर्छ।
नरिवल पानी, केरा, दूध, माछा तथा दाल यसको राम्रो स्रोत मानिन्छ। यी खानेकुराको सेवनले मात्र पनि शरीरलाई कयौँ लाभ हुन्छ। म्याग्नेसियकले रगतमा चिनीको मात्रा परिवर्तित गर्नुका साथै रक्तचाप तथा हृदयगतिलाई सही राख्न मद्दत गर्छ। यसले क्याल्सियमसित मिलेर काम गर्छ।
म्याग्नेसियमको कमी भएमा माइग्रेन, डिपे्रशन तथा मांसपेशी बौडिने जस्ता समस्या निम्तिन सक्छ। म्याग्नेसियम प्राप्त गर्न खानामा हरियो साजसब्जी, बदाम, होल ग्रेन, केरा समावेश गर्नु राम्रो हुन्छ। हड्डीमा क्याल्सियम फोस्फेटको रुपमा जम्मा हुन्छ र दाँत तथा हड्डी स्वास्थयका लागि यो निकै जरुरी छ।
यसको कमी भएमा जोर्नी अररो हुने, थकान तथा हड्डीमा पिडा हुने गर्दछ। शरीरमा फोस्फोरस दाल, दूध, चीज, अंकुरित अनाज, मासु तथा माछाबाट प्राप्त गर्न सकिन्छ। म्याग्नेजको कमी भएमा याददास कमजोर हुनुका साथै पाचन सम्बन्धि समस्या हुनसक्छ। यसको लागि अनाज, मटर, चिया, कफी, किशमिश सेवन गर्नुपर्दछ। रोग प्रतिरोधात्मक क्षमता बढाउन शरीरको लागि जिंक निकै अवश्यक हुन्छ।
यसले कपाल, छाला तथा नङ्गलाई पोषण प्रदान गर्छ। जिंकको कमी भएमा रुघाखोकी छिटो लाग्ने गर्दछ। शरीरमा प्रोटिनको निर्माणको लागि सल्फर जरुरी हुन्छ। सल्फर एक एन्टी एजिंग तत्व हो। सल्फरले छाला नरम बनाउनुका साथै छालालाई चमकदार बनाउँछ। यसले धुलोधुवा, प्रदुषण तथा घामबाट छालालाई सुरक्षा प्रदान गर्छ, भने बन्दा, दूधजन्य पदार्थ, बदाम , ओखर, अण्डा, माछा प्रोटिनको राम्रो स्रोत मानिन्छ।
पाचन प्रक्रियालाई प्रभावकारी बनाउन तथा नसालाई सही काम गर्न कोबाल्ट नामक मिनरल्सको आवश्यकता हुन्छ। त्यस्तै कोबाल्टको कमी भएमा आँखा कमजोर हुने, स्मरण शक्ति कमजोर हुने, चक्कर लाग्ने समस्या निम्तिन्छ। यो समस्या कम गर्न दूध तथा रातो मासुको सेवन निकै महत्वपूर्ण मानिन्छ। यो सबै खानेकुरा सन्तुलित भोजनबाट प्राप्त गर्न सकिन्छ। त्यसको लागि खानपान र पोषण तत्वमा ध्यान राख्न जरुरी हुन्छ।