काठमाडौं– हामीले केहि खाने कुरा अन्य चिज सँग नमिसाई खान्छौ भने, केहि खानेकुरामा केहि अन्य चिजसँग मिसाएर खानुमा स्वादै नै बेग्लै हुुन्छ।
तर हामीले स्वादका लागि मिक्स गरेर खाएका केहि खाने कुराका बोरमा ज्ञान राख्नु जरुरी पनि हुन्छ। केहि खाने कुरा यस्ता हुन्छन् स्वादका हिसावले मिक्स गरेर खादा मिठो भएता पनि स्वास्थ्यका हिसावले एक्दमै हानिकारक हुन्छ। कहिल्यै पनि यी खानेकुरालाई नमिसाउनु नै उपयुक्त हुन्छ।
परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ, भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन, खाएमा अम्लपित्त बढ्छ, भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ, गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ।माछा र सक्खर सँगै खानुु हुँदैन यसले पित्त विगार्छ।
बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैन, यसले वीर्य नास हुन्छ।दुधको साथमा घ्यु अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन, दुधको साथमा बडर, काँचो केरा, आँप, जामुना, तित्री, ओखर, दारिम नरिवल खानु हुदैन।
यसरी खाएमा दम हुने सम्भावना हुन्छ, करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन। खाएमा अम्लपित्त बढ्छ र हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन। यसरी खाएमा क्यान्सर समेत हुन सक्छ।