काठमााडौं– बिहीबार कोरोनाको आशंकामा टेकु अस्पतालमा उपचाररत एक व्यक्ति भागेका थिए। त्यसपछि उनलाइ विराटनगरमा पक्राउ गरी धरानकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। तर उनी त्यहाँबाट पनि भागेका थिए।
प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको अवस्थामा उनी बिहिबार राती भागेका थिए। डिएसपी ढुण्डीराज न्यौपानेको अनुसार भागेको झण्डै एक घण्टा पछि उनलाइ प्रहरीले फेला पारेर पुनः प्रतिष्ठानमा नै उपचारको लागि ल्याएको छ।
उनी मंगलबार मात्र दक्षिण कोरियाबाट नेपाल आएका टेकुबाट भागेका थिए। ती विरामीलाई कोरोना भन्दा पनि मानसिक समस्या भएको हुनसक्ने जनाइएको छ।