एजेन्सी – हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ। भातको माड स्वास्थ्यका दृष्टिले निकै हितकारी मानिन्छ। छाला तथा स्वास्थ्यको विभिन्न समस्या समाधानका लागि भातको माड प्रभावकारी मानिन्छ।
यसका फाइदाहरु
भाइरल संक्रमण र झाडा वान्ता हुँदा शरीरमा पानीको मात्रमा कमी हुने हुँदा डिहाइड्रेसन हुने गर्छ। भातको माडले डिहाइड्रेसनबाट मात्र जोगाउँदैन ज्वरो आउँदा गुमाएको आवश्यक पोषण तत्वलाई समेत पूर्ती गर्दछ।
पखलाको औषधी– बालबालिकाहरुमा लाग्ने पखला रोक्न भातको माड पानी निकै प्रभावकारी औषधी हो। यो माडले बालबालिकाको पेट गडबड हुने प्रक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ। पखाला लाग्दा शरिरबाट अत्यधिक पानी जाने भएकोले भातको माडले पानीको परिपूर्ती गर्दछ।
कब्जियतको समाधान– भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित अन्य समस्यालाई समाधान गरिदिन्छ। पेट डुम्म भयो वा शौचालय गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट मुक्ति मिल्छ।
छाला कसिलो बनाउँछ– भातको माडलाई अनुहारमा लेपन लगाउँदा अनुहार सफा र चम्किलो हुन्छ। यसमा सफा गर्ने विशेष तत्व हुने भएकोले फेस वास वा टोनरको रुपमा प्रयोग गर्न सकिन्छ। यसको नियमित प्रयोगले छाला कसिलो र जवान मानिसको जस्तै कलिलो र चम्किलो बनाउँन मद्दत गर्छ।
स्वस्थ कपाल– भातको माडले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन सहयोग गर्छ। गर्मी मौसममा भातको माडलाइ टाउकोमा लगाउँदा शितल अनुभूति हुनुका साथै यस्ले कपाललाई बढाउन सहयोग गर्छ। स्याम्पु दलेपछि कपालमा भातको माडलाइ कन्डिसनर मसाज गरेजस्तै गरी प्रयोग गर्दा कपाल मुलायम र चम्किलो हुन्छ।
शितल स्नान– भातको माडमा एउटा स्वभाविक चिस्याउने तत्व हुने भएकोले सूर्यको प्रकाशले डढेको छालालाई चिस्याउन र जलन रोक्न प्रभावकारी मानिन्छ। भातको माडले नुहाँउदा शरीर स्वच्छ र स्फूर्तीलो हुनुका साथै यसमा हुने कार्बोहाइड्रेडले दादुरा र शरिरमा आउने बिमिरा र घाउ निको पार्न समेत सहयोग पुर्याउँछ।