काठमाडौं– लगभग हरेक मानिसले गुलियो खान रुचाउने गर्दछन्। मानिसले गुलियोलाई विभिन्न रूपमा लिने गर्छन्, जस्तै मिठाई, आइसक्रीम, चकलेट, बिस्कुट, सर्बत र चिसोपेय पदार्थ आदि। तर के तपाईले कहिले सोच्नुभएको छ, यदि हामीले ३० दिनसम्म गुलियो चीजको सेवन नगरेमा शरीरमा कस्ता प्रभावहरु पर्न सक्छन्?
गुलियो खान छोड्नुको धेरै फाइदा हुन्छ। यसबाट वजन कम हुनुका साथै मुटुको कार्य प्रणाली पनि सही रहन्छ। गुलियोको मात्रा कम खाँदा मधुमेह हुनसक्ने आशंका पनि कम हुन्छ।
जोर्नीको दुखाईबाट आराम पाउन चाहनुहुन्छ भने पनि चीनी खान छोड्नुहोस्, जसको फाइदा तपाई आफै महसूस गर्न थाल्नुहुन्छ। गुलियो खान छोड्ने बित्तिकै शरीरको इम्यूनिटी पावर बढ्छ। जस्ले मस्तिष्क सक्रिय हुनुका साथै स्मरण शक्ति पनि तेजिलो हुन थाल्दछ।
गुलियो खान छोड्ने बित्तिकै आन्द्राको कार्यक्षमतामा सुधार आउँछ। जसले पाचन प्रणाली सन्तुलित गर्नुका साथै पेट लगायत आन्द्रालाई नोक्सान हुन दिँदैन। त्यसैगरि दाँत र गिजा पनि स्वस्थ रहन्छ। गुलियो छोड्नुको असर त्वचामा पनि देख्न सकिन्छ। यसबाट त्वचा केवल सफा र चमकदार मात्र नभई अनुहारको ओपन पोर्स पनि बन्द हुनथाल्छ।
अधिक गुलियो खानुको कारण निन्द्रा पूरा हुँदैन। यस्तो स्थिति धेरै दिन सम्म रहेमा निन्द्रा नलाग्ने रोग इनसोमनिया हुने गर्छ। मधुमेह, हृदय रोग, अपच, छालाका समस्या तथा अन्य घातक रोगहरुको वृद्धि गर्न चिनी प्रमुख सहयोगीका रुपमा रहेको हुन्छ। अझ वर्तमान पुस्ताका केटाकेटीको दाँतमा समस्या सिर्जना गर्ने प्रमुख तत्वका रुपमा चिनी रहेको छ। यसकारण गुलियो कम खानुपर्दछ ।