काठमाडौं– सामान्यतया लचकदार, मेटलले बनेको, चम्किलो ‘आल्मुनियम फोइल’ विशेष सामग्रीको रूपमा घरायसी तथा व्यापारिक प्रयोजनको लागि उपयोग हुँदै आएको पाइन्छ। अहिले सहरी जीवनमा आल्मुनियमको फोइल महत्वपूर्ण हिस्सा बन्दै आएको छ। यसलाई खाना, तरकारी, मासु वा अन्य खाद्यपदार्थ प्याक गर्न प्रयोग गरिन्छ।
भागदौड तथा व्यस्त जीवन शैलीक कारण समय बचतका लागि पनि धेरै जसो मानिसहरु आल्मुनियमको प्रयोग बढी मात्रामा गर्दछन्। लामो समयसम्म आल्मुनियममा खाना राख्दा खाना खराब मात्र हुँदैन यस्को पोषण तत्व पनि उडेर जान्छ।
यसको कम प्रयोगले स्वास्थ्यमा त्यति धेरै असर नगर्ने भएता पनि बढी प्रयोग भने हानिकारक मानिन्छ। विकासशील मुलुकमा आल्मुनियम फोइलको प्रयोग अत्याधिक मात्रामा गरिन्छ। आल्मुनियमको भाँडामा खाना पकाउँदा असर नगर्ने भएपनि आल्मुनियम फाइलमा खाना प्याक गर्नु भने स्वास्थ्यका लागि हितकर मानिदैन। आल्मुनियमले शरीरका विकारलाई सजिलै हटाउँछ।
तर यसको बढी प्रयोग भने घातक बन्न सक्छ। यसको बढी प्रयोगले अल्मराइजबाट पीडित मानिसको ब्रेन टिस्युमा आल्मुनियमको मात्रा बढाँउछ। अनुसन्धानलेनै भनेको छ कि, आल्मुनियमले दिमागको विकासलाई प्रभावित तुल्याउँछ। हाडको समस्याबाट ग्रसित मानिसका लागि पनि आल्मुनियम घातक हुन सक्छ। र यो हाडको समस्या थप बल्झाउने कारक तत्व बन्नसक्छ।
त्यस्तै मसलेदार खानाले भारीमात्रामा आल्मुनियम ग्रहण गर्छ। जुन खानाको प्रयोग मानिसका लागि हानिकारक साबित हुन्छ। आल्मुनियमको भाँडा भन्दा पनि काँचको भाँडा प्रयोग गर्न विज्ञहरु सुझाब दिने गर्दछन्।