काठमाडौं– अण्डा सुपरफुड खाना हो। जसमा प्रोटिन, क्याल्सियम, ओमेगा ३, फैटी एसिड भिटामिन ए र बी भरपूर मात्रामा पाइन्छ। अण्डा खानाले विभिन्न रोग लाग्नबाट जोगाउँछ। साथै यसले हड्डी मजबुत बनाउँछ।
खैरो र सेतो रङ्गको को अण्डामा अनुसन्धान भइसकेको छ। दुवैरङ्गको अण्डामा पोषण तत्व पनि एकै नासको रहेको हुन्छ।
खैरो र सेतो अण्डामा के फरक छ?
अण्डा दुई किसिमको हुन्छ, लोकल अर्को पोल्ट्री। लोकल अण्डा खैरो हुन्छ। पोल्ट्री फर्मको अण्डा सेतो हुन्छ। दुवैको तुलनामा खैरो अण्डा बढी स्वस्थकर हुन्छ। मानिसहरु लोकल अण्डा खान मन पराउँछन्।
यसमा प्रोटिन, कोलेस्ट्रोल र क्यालोरी धेरै पाइन्छ। एक अध्ययनका अनुसार अण्डाको साइज र रंग तथा पौष्टिक रूपमा एकै किसिमका हुन्छन्। अण्डामा एकै किसिमका भिटामिन, मिनरल, प्रोटिन र क्यालोरी पाइन्छ। अण्डाको रंगले पौष्टिक तत्वमा खासै असर गर्दैन।
कसरी छान्ने अण्डा?
यसकोे रङ्गले पौष्टिक तत्वमा फरक नपरे पनि कुखुराको दानाले अण्डाको पौैष्टिकतामा भने असर गर्छ। सबै प्रकारका खानेकुरा खाने कुखुराको अण्डामा सबै पोषक तत्व पाइन्छ भने सही आहारा र दाना नपाउने कुखुराको अण्डामा पोषक तत्व कम पाइन्छ।
कहिले र कसरी खाने?
उसिनेको अण्डा खानाले धेरै रोगबाट बचाउन मद्दत गर्छ। अण्डालाई ब्रेकफास्टका रूपमा खानाले धेरै फाइदा हुन्छ। काँचो अण्डा दूधमा हालेर पिउने गर्नाले जिम जाने र बडी बनाउनेहरुका लागि फाइदा गर्छ।