काठमाडौं– अदुवाको प्रयोग साधारणतया तरकारी, मसला र औषधिको रूपमा प्रयोग गरिन्छ। अदुवा रेशादार हुन्छ। नेपालमा पाइने सल्यानको अदुवा उत्कृष्ट मानिन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। अदुवाले बिभिन्न प्रकारका रोगहरु निको पार्दछ।
अदुवा सजिलै संग बजारमा उपलब्ध हुन्छ। अदुवाको स-सानो टुक्रा पानीमा उमालेर खाँदा घाँटी दुखेको छाती दुखेको निको हुन्छ। यसलाई नियमित सेवन गर्नसके यसबाट धेरै लाभ लिन सकिन्छ। साथै अदुवालाई आयुर्वेदमा औषधि बनाउनको लागि प्रयोग गर्ने गरिन्छ।
अदुवाको सेवनबाट पुग्ने फाइदाहरु
यसले हाम्रो पाचन प्रक्रियालाई बलियो बनाउन मद्धत गर्छ। हरेक दिन अदुवा खाने गरेमा शरीरको अनावश्यक बोशो हट्छ। जसले गर्दा मोटोपना घटाउँछ र तौल नियन्त्रण गर्न मद्दत गर्छ ।
अदुवाको रस पिउनाले रगत सफा रहन्छ
अदुवा पानी पिउने गरेमा शरीरमा रहेको चिनीको मात्रा नियन्त्रित रुपमा रहन्छ भने, यसले गर्दा मधुमेह हुने सम्भावना हुँदैन। अदुवाको सेवनले फोक्सो, कलेजो र छालाको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ।
हरेक दिन अदुवा चपाउने गरेमा रुघाखोकी लाग्ने सम्भावना कम हुन्छ। अनुहारमा आउने पिम्पल्स र दाग हटाउनको लागि पनि अदुवा लाभदायक हुन्छ। यसमा पाइने फसफोरसले दाँतलाई स्वास्थ्य राख्नुको साथै गिजामा घाँउ पनि आउन दिँदैन।