काठमाडौं– मोटो शरीर भनेको रोगको एउटा घर हो। मधुमेह, उच्च रक्तचाप, दम, मुटु सम्बन्धी रोगहरु, क्यान्सर तथा मृगौलाको समस्यालगायतका रोगहरु मोटा मानिसहरुमा बढि हुने गर्दछन्। मोटोपन घटाउन विभिन्न उपायहरु अपनाउन सकिन्छ।
यसको लागि व्यायाम तथा कसरतहरु गर्नु अति उपयुक्त हुन्छ। योगाले पनि मोटोपना घटाउन मद्यत गर्दछ भने आफ्नो जीवनशैलीको आहार विहारमा पनि परिवर्तन ल्याउन जरुरी छ। तर मोटोपनाको समस्या समाधान गर्नको लागि काचो नरिवलको तेल पनि प्रयोग गर्न सकिनेछ।
काचो नरिवलको तेल नियमित रुपमा र सही तरिकाले प्रयोग गर्दा एक महिनामै पौने ३ किलोसम्म तौल कम गर्न सकिन्छ। नरिवलको तेलमा कम फ्याट्टी एसिड पाइने भएकाले खाना पनि सजिलै पचाउँछ भने, नरिवलको तेल मध्यम खालको ट्राइग्लिसराइड लोरिक एसिडबाट बन्छ। यो एक आवश्यक फ्याटी एसिड हो।