काठमाडौं– चट्टेल स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपायोगी मानिन्छ। चट्टेल धेरै शक्तिबर्द्धक तरकारी हो। यसको सेवनले हाम्रो शरीरलाई अत्यन्तै फाइदा पुर्याउछ। यसमा मासुको तुलनामा धेरै मात्रामा प्रोटिन पाइन्छ।
अर्थात यो प्रोटिनको भण्डार हो। चट्टेलमा पाइने फाइटोकेमिकल्स शरीरलाई स्वस्थ बनाउनुको साथै यसमा भएको एन्टिअक्सिडेन्डटले रगत सफा गरेर छालासम्बन्धी रोग निको पार्छ। यसले रुघाखोकीबाट राहत प्रदान गर्नुको साथै रोक्नथाममा समेत सहयोग गर्छ।
यति मात्र होइन क्यान्सर जस्तो प्राणघातक रोगलाई समेत रोक्न सहयोग गर्छ। बिशेषगरी मुटु रोगको रोकथाम गर्न पनि सहयोग गर्छ। चट्टेलले तौल र उच्च रक्तचापलाई नियन्त्रित गर्दछ। साथै यसमा प्रचुर मात्रामा आइरन समेत पाइन्छ।