एजेन्सी – कोरोनाभाइरसको संक्रमणले ३२ सय बढीको मृत्यु भइसकेको छ। ९३ हजार बढी संक्रमित भएका छन्। अहिलेसम्म मानिसबाट मानिसमा मात्र कोरोनाभाइरसको संक्रमण हुँदै आएको बताइए पनि पहिलोपल्ट जनावरमा पनि कोरोनाको संक्रमण देखिएको छ।
हङकङमा एक महिलाले पालेको कुकुरमा कोरोनाको संक्रमण देखिएको छ। उक्त कुकुर २० वर्षीया विरामी महिलाको हो। गत शुक्रबारदेखि कुकुरपनि कोरोनाको संक्रमणमा परेको बताइएको छ।
कुकुरलाई हाल पशु केन्द्रमा छुट्टै राखिएको छ। कृषि, मत्स्य संरक्षण विभाग एएफसीडी ले कुकुरको जाँच गर्दा भाइरसको संक्रमण फेला पारेको हो। एएफसीडीका अनुसार सम्भवतः मानिसबाट जनावरबाट कोरोनाभाइरस संक्रमण भएको पहिलो घटना हो।