काठमाडौं– पनिर स्वादका लागि मात्र नभइ स्वास्थका लागि पनि उतिकै फाइदाजनक मानिन्छ। यसमा प्रोटिन र क्याल्सियमको मात्रा अत्यधिक रहेको हुन्छ। यसमा भिटामिन डी पनि पाइन्छ। जसले ब्रेस्ट क्यान्सर हुनबाट जोगाउँछ।
यसमा भएको भिटामिन ए, क्याल्सियम र जिंकले शरीरको हाड र दाँतलाई बलियो बनाउँछ। एकसय ग्राम पनिरमा ११ ग्राम प्रोटिन हुन्छ। त्यसैले शाकाहारीका लागि यो निकै उपयोगी खाद्यपदार्थ मानिन्छ।
गर्भवती महिलाका लागि क्याल्सियम बढी आवश्यक पर्ने हुनाले गर्भवती महिलाका लागि यो निकै उपयोगी हुन्छ। पनिरले तौल घटाउनका लागि पनि मद्दत गर्छ। पनिरमा म्याग्नेसियम पाइन्छ। जसले रगतमा रहेको चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ।साथै यसले पाचन प्रक्रियालाई स्वस्थ राख्छ भने, प्रतिरक्षा प्रणालीलाई पनि बढाउँने काम गर्छ।