काठमाडौं– महिनावारीको समयमा महिलाहरूको शरीरमा हर्मोनको मात्रा घटबढ हुन्छ। तथ्यअनुसार ६५ प्रतिशत महिलाहरूमा महिनावारीको अवधिमा पिम्पल्स आउने गरेको पाइन्छ। त्यसकारण महिनावारीमा पिम्पल्स आउनुलाई सामान्य रूपमा नै लिन सकिन्छ।
महिनावारीको अवधि सुरु हुनुभन्दा ठीकअघि, शरीरमा भएको प्रोजेस्टेरोनको स्तर खस्कन्छ र एस्ट्रोजेनको स्तर बढ्न जान्छ। यसले सेबेशियस ग्रन्थीहरूलाई थप सेम्बम सक्रेट गर्न संकेत दिन्छ। जसकारण छालालाई लुब्रिकेट गर्ने तेलको उत्पादनमा वृद्धि हुन्छ। छालामा धेरै तेलले अनुहारमा भएको रौँ छिद्र अर्थात् पोर्सहरू बन्द हुन्छ र पिम्पल्सको ब्रेकआउट हुन्छ।
विभिन्न हर्मोनहरूको स्तरमा आउने घटबढले छालाको जलन र पिम्पल्स निम्त्याउने ब्याक्टेरियाहरूको उत्पादन बढाउन सक्छ। साथै पीएमएस वा महिनावारी हुनुअघिको समय बढी तनाव हुने हुँदा अत्यधिक पिम्पल्स आउन सक्छ।
पीएमएस सम्बन्धित पिम्पल्स महिनावारी अवधि सुरु भए पछि पनि हट्दैन। यसलाई हट्न समय लाग्नुका साथै पिम्पल्सलाई चलाएमा वा निचारेको खण्डमा दागसमेत बस्न सक्छ।