काठमाडौं – मानिसलाइ बिभिन्न कारणका कारण टाउको दुख्ने गर्दछ। टाउकाे दुख्नुको पनि थुप्रै कारणहरु हुन सक्छ। टाउको दुख्दैमा निम्स, बु्रसेट आदि औषधी किनेर खाने प्रचलन हाम्रो समाजमा देखिन्छ। टाउको दुख्ना साथ के कारणले दुखेको हो ? डाक्टरको परार्मश लिएमा खतराबाट बच्न सकिन्छ।
मनिसले आफ्नो जीवनमा एक वा एकभन्दा बढीपटक टाउको दुखाईको समस्या भोगेका हुन्छन्। टाउको दुख्नुका कारणलाई सामान्य मान्नु हुदैन्। यो प्राण घातकसम्म हुन सक्छ। चिकित्सकहरुले जुनसुकै उमेर समुहका व्यत्तिलाई टाउको दुख्दा सामान्य रुपमा एकपटक आँखा जचाउँन सल्लाह दिने गरेको हुन्छ। प्रायः टाउको दुख्नुका कारण अन्य रोगको लक्षण पनि हुन सक्छ।
आँखा कमजोर भएर पनि टाउको दुख्न सक्छ, भने, टाउकोमा जुकाका फुलहरु चढ्नाले पनि टाउको दुख्न सक्छ। चाहे जेहोस्, पहिलो पटक डाक्टरको परामर्शमा आँखा चेकजाँच गरेर हेर्ने, ठिक नभए के कारणले टाउको दुखेको हो, रोग पत्ता लगाएर उपचार गराउन सके ठुलो घटना हुनबाट समयमै रोकथाम गर्नसकिन्छ।
टाउको दुख्नुका कारणहरु
तनावका कारणले पनि टाउको दुख्न सक्छ। यस्तो दुखाई क्षणिक पनि हुन सक्छ र लामो दुखाई पनि हुनसक्छ। टाउकोमा कपडा बाध्नाले केही राहत महसुस त हुन्छ, तर यस्तो लक्षण देखिएमा मानसिक रोग बिशेषज्ञलाई देखाएर तत्काल उपचार गराउनु पर्दछ र टेन्सन हटाउने उपायतर्फ लाग्नु पर्दछ। त्यस्तै पिनासको कारणले पनि टाउको दुख्न सक्छ। माईग्रेनको कारणले टाउको दुखेको भएमा आधा कपाल धेरैदुख्ने हुन सकछ।
कस्तो अवस्थामा डाक्टरको परामर्शको आवश्यकता हुन सक्छ ?
अन्य सामान्य अवस्थाको भन्दा फरक किसिमले दुखेमा, अचानक धेरै टाउको दुखेमा, टाउको दुखाईसगँ आँखा हेर्न अप्ठ्यारो हुने, एउटा चिज दुईवटाजस्तो देखिने, हातगोडा लाटो हुने, चक्कर लाग्ने,वान्ता हुने जस्ता लक्षण देखिएमा।
घरेलु उपचार
तुलसीको पातलाई उमालेर चिया बनाएर पिउनाले हेडेक ठिक हुन्छ। स्याउलाई नुनसगँ खानुहोस्, जस्तो सुकै टाउको दुख्न निको हुन्छ, कालो मरिच र पुदिनालाई कालो चियामा मिलाएर पनि सेवन गर्न सकिन्छ। यसरी सेवन गरेमा टाउको दुख्न सन्चो हुन्छ।