काठमाडौं– १ सय १० औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सञ्चालन गर्न लागिएका कार्यक्रम स्थगित भएको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले महिला दिवसका अवसरमा गर्न लागेकको कार्यक्रम कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थगित गरेको हो।
प्रतेक वर्ष मार्च ८ का दिन मनाइने महिला दिवसका अवसरमा हरेक वर्ष कार्यक्रम गर्दै आएको मन्त्रालयले यस वर्ष पनि र्यालीसहितको साझा अभियान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो।
विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले पनि कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको मुलुकको सुचीमा राखिसकेपछि सरकारले भेला, जमघटलगायतका कार्यक्रम नगर्न आग्रह गरेको छ। सरकारको यस्तो आग्रहपछि दल तथा संघ संस्थाहरूले धमाधम आफ्ना घोषित कार्यक्रम स्थगित गरेका छन्। सत्तारूढ नेकपाले मंगलबार र बुधबार झापामा तय गरेको २ कार्यक्रमसमेत स्थगित गरेको छ।