काठमाडौं – बाझोपनले संभवत सबैभन्दा बढी महिलालाई प्रायः झस्काउने गर्छ। किनभने हरेक महिला प्रसव–पीडाको अनुभव लिन चाहन्छन्। सन्तान–सुखको अपेक्षा राख्छन् र आफ्नै कोखबाट जन्मिएको बच्चालाई काखमा राखेर खेलाउने आकांक्षा राख्छन्।
यस्तो अवस्थामा जब आफु सन्तान जन्माउन असक्षम छु भन्ने वोध हुन्छ त्यो कुरा जो कोही महिलाले पनि सहजै पचाउन सक्दैनन्। तर पचाउनैपर्ने वाध्यता पनि कहिले–काहीँ आइलाग्छ। किनभने, कति महिलामा बाँझोपनको समस्या हुन्छ। किन बाँझोपन हुन्छ त?
यसमा एउटा मात्र जवाफले पुग्दैन यसका कारणहरु अनेक हुनसक्छ। यद्यपी आफुमा बाँझोपन भए/ नभएको संकेत भने उनीहरुले मासिक स्रावकै क्रममा थाहा पाउन सक्छन्। यसका लागि महिलाहरुले महिनावारीका क्रममा हुने मासिक चक्रबारे ध्यान दिन जरुरी हुन्छ।
महिनावारीको अन्तराललाई ध्यान दिने
कुनै महिलाको महिनावारी हुने समयको अन्तराल २५ देखि ३० दिन भन्दा धेरै छ भने त्यसले उक्त महिलामा ओभ्यूलेसन नियमित नभएको जनाउछ। एक अध्ययनका अनुसार मासिक धर्म चक्र २५ दिन भन्दा कम रहने महिलामा २७ देखि २९ दिनसम्म उक्त चक्र रहनेको तुलनामा गर्भ बस्ने सम्भावना कम हुने गर्दछ भने तीस वर्षको उमेरका आसपासका महिलामा महिनावारी नियमित नभएमा त्यो प्रि–मेनोपौजको संकेत हुन सक्छ।
तौल नियन्त्रित गर्ने
बाँझोपन हुनुमा करिब १२ प्रतिशत तौल मुख्य कारण हुने गर्दछ। विशेषगरी शरीरको तौल बढी भएमा शरीरको फ्याटले एस्ट्रोजेन नामक हर्मोनको उत्पादन गर्छ, जसले गर्दा ओभ्यूलेशनलाई असर र्पुयाउँछ।
एक्ससाइजको असर
एक अध्ययनले जनाए अनुसार सातामा चार घण्टा दौडने वा एरोविक्स गर्ने महिलाको तुलनामा एक्सरसाइज नगर्ने महिलामा गर्भधारण गर्ने सम्भावना ४७ प्रतिशतले कम हुने गर्दछ। तर त्यो भन्दैमा धेरै वर्कआउट गर्नैपर्छ भन्न खोजेको हैन। धेरै वर्कआउट गर्नाले शरीरमा उर्जाको कम हुनसक्छ र धेरै तनाव भएर पनि प्रजनन क्षमतालाई प्रभावित पार्न सक्छ।
वंशाणुगत कारणले पार्न सक्ने असर
चाडै रजनोवृत्ति हुने आमाहरुमा उनीहरुबाट जन्मने सन्तानमा पनि छिटो रजनोवृत्ति हुने सम्भावना धेरै हुन्छ। त्यस्तै परिवारमा कसैलाई बाझोपनाको समस्या छ भने, परिवारका अन्य सदस्यलाई पनि बाझोपनाको समस्या हुने सम्भावना उच्च हुन्छ। त्यसबाहेक फाइब्राइड, एंडोमेट्रियोसिस जस्ता समस्या पनि वंशाणुगत कारणले हुने भएकोले यस्ता कुरामा ध्यान दिएर पनि महिलाहरुले आफूमा बाझोपनाको समस्या छ कि छैन थाहा पाउन सकिन्छ।