काठमाडौं– अधिकांश युवतीहरू चाहने गर्छन् कि, उनीहरु अन्य युवतीको तुलनामा सुन्दर र आकर्षित देखियोस्। जसका लागि युवतीहरू केमिकल युक्त महँगा क्रिमहरु किन्ने गर्दछन्। तर यस्ता महँगा केमिकल युक्त सामग्रीहरु आफ्नो अनुहारमा प्रयोग गर्नु भनेको आफैले आफ्नो लागि समस्या निम्त्याउनु हो।
किनकि यस्ता सामग्रीले झनै अनुहारलाई बिगार्ने काम गर्दछ। त्यसैले यस्ता सामग्री प्रयोग गर्नु उचित हुँदैन। तर तपाई वास्तवमै आफूलाई सुन्दर देखाउन चाहनुहुन्छ भने, भान्सामा नियमित प्रयोग हुने नुनको प्रयोग गर्नुहोस्। जसले अनुहारलाई आर्कषक देखाउन मदत गर्दछ।
हामीले नियमित भान्सामा प्रयोग गर्ने नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लिन्जर हो। जसले गहिराइमा गएर त्वचाको सफाइ गर्दछ र अनुहारलाई आर्कषक पार्दछ। तपाई सुन्दर देखिन चाहनुहुन्छ भने, नुन र महको मिश्रण आफ्नो अनुहारमा लगाउनुहोस्। उक्त मिश्रणले छालालाई नरम बनाउनुको साथै अनुहारलाई पनि चम्किलो पार्दछ।
नुनको प्रयोगले छालालाई नरम बनाउन मात्र हैन यसले ब्याक्टेरियाको समेत नाश गर्दछ। तपाई नियमित रुपमा नुनलाई आफ्नो फेश आर्कषक बनाउनका लागि प्रयोग गर्नुहुन्छ भने, यसले डण्डीफोर जस्ता समस्याबाट पनि मुक्त गराउँछ। त्यसैले नुनको प्रयोग महिला तथा पुरुष दुवैको लागि उत्तिकै उपयोगी छ।