काठमाडौं– उखु पेलेपछि खुदोबाट बनाइने एक मिठाईको परिकार हो सख्खर। विशेषगरी तराई र पहाडी भेगमा समेत पाइने उखुको रसलाई निश्चित तापक्रम सम्म उमालेपछि त्यो खुदो बन्ने गर्छ। प्राचीन कालदेखि नै यसको महिमाबारे धेरै वर्णन पाइन्छ। कतिपय अवस्थामा आयुर्वेदिक चिकित्सकहरुले विविध बिरामीलाई निको पार्नको लागि समेत यसको प्रयोग गर्ने गरेका छन्।
यस्ता छन् सख्खर खानुका फाइदाहरु
सख्खरको सेवनले चिसो र कफबाट बच्न पनि मद्दत गर्छ। तपाई चिसोको समयमा कच्चा सख्खर खान चाहनुहुन्छ भने चियामा पनि यसलाई प्रयोग गर्न सकिन्छ। पाचन प्रणालीको लागि पनि सख्खर अति नै उत्तम खानेकुरा मानिन्छ। सख्खर खाँदा ग्यास्ट्रिकको समस्या हुदैन्। विशेषगरी सख्खरलाई स्वास्थ्यवर्दधक पनि मान्ने गरिन्छ।
सख्खरले शरीरको रगत सफा गर्छ र मेटाबोलिज्मलाई पनि निको पार्ने काम गर्दछ। दिनहुँ एक गिलास पानी वा दुधको साथ सख्खरको सेवन गर्नाले पेटलाई चिसो बनाउँछ। छालाका लागि सख्खरले रगतबाट नराम्रो विषाक्त पदार्थ हटाउँछ र छालाको चमक बढाउनमा पनि मद्दत गर्दछ।
सख्खरको सेवनले तपाईको उर्जाको स्तर बढाउँछ र तपाईले धेरै थकित र कमजोर महसुस गर्नु भएको छ भने यसको समाधानको लागि पनि सख्खरको प्रयोग गर्न सक्नुहुनेछ। सख्खरमा एलर्जीलाई कम गर्ने तत्वहरू पनि पाइन्छ। त्यसैले यसको प्रयोग दमका बिरामीहरूका लागि समेत धेरै फाइदाजनक देखिन्छ।