काठमाडौं– तपाई लामो समयसम्म सुन्दर र जवान देखिन चाहनुहुन्छ भने खाने गर्नुहोस्, यी चिजहरू जसले तपाईको जवानी र सौन्दर्यतालाई लामो समयसम्म पनि कायमै राख्न मदत गर्दछ। जस्तैः
ओख्खर आलस– ओख्खर तथा आलसमा पर्याप्त मात्रामा ओमेगा–३ फ्याटी एसिड पाइन्छ। जसले छाला, कपाल तथा हड्डीलाई पोषण प्रदान गर्नका साथै छाला सम्बन्धी समस्याहरूबाट पनि बचाउने गर्दछ।
ग्रीन टी– यदि तपाईँ आफ्नो सौन्दर्यता कायम नै राख्न चाहनुहुन्छ भने ग्रीन टीको सेवन गर्नुहोस्। जसमा भरपूर मात्रामा पोलीफेनोल एन्टीअक्सिडेन्ट नामक तत्त्व पाइन्छ। जसले गर्दा छाला चाउरी पर्नबाट जोगाउँदछ।
गाजर र चुकन्दर– गाजर तथा चुकन्दर महत्त्वपूर्ण भिटामिन तथा खनिज पदार्थले भरिपूर्ण हुन्छ। यिनले एन्टी एजिङ्ग हुनबाट रोक्नुका साथै छालाको बाहिरी सतहलाई स्वस्थ राख्न मद्दत गर्छ। दुई साता लगातार गाजर वा चुकन्दरको रस नियमित सेवन गर्नाले छालामा नसोचेको परिवर्तन देखा पर्छ।
अमिलो फलफुल– अमला, कागती, सुन्तला लगायतका अमिलो फलफुलको सेवन गर्नाले छालालाई स्वस्थ तथा सुन्दर बनाउनका साथ साथै यसले छाला कोमल, नरम तथा चम्किलो र सफा बनाउँछ।
गोलभेँडा– भिटामिन ‘ए’ र ‘सी’ले भरिपूर्ण टमाटरमा पर्याप्त मात्रामा पोटासियम हुन्छ। यसमा पाइने लाइकोपीन नामक तत्वले एन्टीअक्सिडेन्टको काम गर्दछ। टमाटरको प्रयोगले छालालाई सर्नवर्न हुनबाट समेत जोगाउँछ।
लसुन– दिनमा एक–दुई पोटी लसुन खाली पेटमा सेवन गर्नाले चाउरीपना हुनबाट रोक्नुका साथै छालामा नयाँ कोषिका उत्पादन गर्ने तथा विषाक्तताबाट छालालाई जोगाउने गर्दछ।
उमारिएको गहुँ– दिनमा दुईदेखि तीन चम्चा उमारेर तयार पारिएको गहुँको टुसालाई खानामा समावेश गर्नाले डण्डीफोर, एक्ने लगायतका छाला सम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका साथै छालालाई पनि सुन्दर बनाउन सकिन्छ।
दही– यदि तपाई सुन्दरतालाई कायम राख्न चाहनुहुन्छ भने, नियमित रूपमा दहीको प्रयोग गर्नुहोस्। जसले गर्दा छाला चम्किलो हुनका साथै नरम पनि हुन्छ।