काडमाडौं– धेरै जसो मानिसहरु नयाँ कपडा किने पश्चात नधोई लगाउने गर्छन्। यसले स्वास्थ्यमा नराम्रो असर पुर्याइरहेको हुन्छ। ‘डर्मटाइटिस’ नामक तत्वले जब हाम्रो छालामा एलर्जी गराउने ‘एलर्जेन’ सँग सम्पर्कमा आउँछ तब डर्मटाइटिसको लक्षण देखापर्दछ।
तर यसको असर संक्रमण हुने बित्तिकै हुदैन्। यसले ढिला रियाक्सन गर्दछ। ‘प्रायः डर्मटाइटिस हामीले लगाउने लुगाबाट सम्पर्कमा आउने गर्दछ। र विशेषगरी सिन्थेटिक कपडा जस्तैः नाइलन र पोलिस्टरका लुगाहरुमा प्रयोग गरिने रङमा हुने गर्दछ। यसरी नधोइएको नयाँ लुगाहरुमा यो एलर्जेन उच्च स्तरमा हुने गर्दछ।
यसरी संवेदनशील छालामा पर्दा यसले झनै असर गर्न सक्छ। यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको नयाँ लुगा किनेपश्चात त्यसलाई धोएर मात्र लगाउनु राम्रो हुन्छ। यसले कपडाबाट अतिरिक्त रङ कम गर्दै हाम्रो छालासँग एलर्जेनको सम्पर्क न्युन गराउन मद्दत गर्दछ।