काठमाडौं – मानिसहरूलाई सुतेको अवस्थामा मुखबाट र्याल चुहिने समस्या हुने गर्छ। मुखबाट निस्किर्ने र्यालले सिरानी समेत भिजाइरहेको हुन्छ।
सुतेको अवस्थामा हाम्रो मुख ‘आ’ हुन्छ र र्याल चुहिन्छ। तर हामिलाइ मुखबाट र्याल निस्केको थाहै हुँदैन। मानिसहरु सुतेका बेलामा मुखभित्र धेरै र्याल हुँदा सुत्नबेला मुखबाट र्याल चुहिने गर्छ। यसकोे समस्याले गर्दा नयाँ ठाउँमा गएर सुत्न मानिसलाई निकै अप्ठ्यारो हुन्छ।
शरीरमा गर्मि हुदा, खानेकुराको एलर्जी हुँदा, औषधिको इफेक्टले, सुतेको नमिल्दा, सास फेर्न गार्हो भएको समयमा आ गर्दा मुख बाट धेरै र्याल चुहिने गर्छ। शरीरलै इफेक्ट पार्ने औषधिको सेवन गर्नु हुदैन। सुत्नु अगाडी २ र ३ तुलसीको पात चपाएर पानी पिउने गर्दा यसको समस्या हटेर जान्छ।
मनतातो पानीमा अमलाको धूलो हालेर पिउने गर्दा मुखबार्ट याल चुहिने समस्या घट्दै जानुका साथै एसिडिटीको समस्या पनि हटेर जान्छ। फिटकिरी पानीले मुख कुल्ला गर्दा मुखर्मा याल बन्न पाउँदैन र मुख गनाउने समस्याको पनि समाधान हुन्छ।