काठमाडौं– खाना खानेबित्तिकै नुहाउनु स्वास्थ्यको लागि हानिकारक हुन्छ । खाना खाएलगत्तै नुहाउँदा शरीरमा गम्भीर समस्याहरू उत्पन्न हुन्छन् । नुहाउनका लागि धेरै शक्ति चाहिने हुँदा नुहाएको समयमा शरीरको सबै कोषहरू सक्रिय हुन्छन् । खाएपछि पेट टन्न हुन्छ र नुहाउँदा शरीर सक्रिय हुने हुँदा पेट दुख्ने, खाना नपच्ने जस्ता पेटमा समस्याहरू देखापर्न थाल्छ ।
साथै पाचन प्रकिय्रामा पेटभित्रको खानाहरू ढिलो पच्न गइ आन्द्राहरू कमजोर हुने, अपच, कब्जियतले सताउने गर्छ। नुहाएर छिट्टै भोक लाग्ने हुँदा फेरि टन्न खाने गर्छौं जसकारण मोटोपनाको समस्या हुन सक्छ। पाचन प्रक्रियाको लागि धेरै नै ऊर्जा चाहिने भएको कारणले पेटको वरिपरि रक्त प्रवाह बढ्ने हुन्छ ।
नुहाउँदा रक्त प्रवाह धेरैजसो शरीरको अन्य भागतिर जाने हुँदा आवश्यक रगत पुग्दैन र शरीरको तापक्रमलाई घटाएर स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । त्यही भएर, खाएर नुहाउनुभन्दा पनि नुहाएर खानुपर्छ । खाएर नुहाउनु परेमा खाएको एक घण्टापछि मात्र नुहाउन उचित हुन्छ ।