काठमाडौं – चीनको वुहान शहरबाट फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका सल्लाहकार आयोगका एक सदस्यको मृत्यु भएको छ। नेता खामेनेइका सल्लाहकार ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइको मृत्यु भएको हो।
यसअघि, इरानका प्रमुख धर्मगुरुमध्येका एक हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु भएको थियो। उपराष्ट्रपति मोसुमेह इब्तेकार र कोरोनाभाइरसविरुद्ध गठन गरिएको सरकारी टास्कफोर्सको नेतृत्व गरिरहेका उपस्वास्थ्यमन्त्री इराज हारिर्ची पनि कोरोनाभाइरसबाट संक्रमित छन्।
इरानमा गत सातादेखि कोरोनाभाइरसको संक्रमण फैलिन थालेको हो। सोमबारसम्म यो भाइरसबाट ६६ जनाको मृत्यु भइसकेको छ भने यसबाट देशमा १५ सय भन्दा बढी संक्रमित छन्।