काठमाडौं– बालबालिकाको औंला चुस्ने बानीले गर्दा अगाडीको दाँतमा खाली ठाउँ अर्थात दाँतहरु मिलेको हुँदैन। औंला चुस्ने बानीले गर्दा वयश्क भएपछि दाँतहरुको बीचमा खालीभाग प्रष्ट देखिन्छ। कतिपय अवस्थामा बालबालिका गलत बानी व्यवहारका कारण दाँतको बीचमा खाली ठाउँ बन्छ ।
बालबालिकाहरुको दाँतको विकास हुने समयमा औंला चुसेर बस्दा गिजामा दवाव गर्छ। दाँतको विकास स्वतन्त्र रुपमा हुन पाउँदैन।साथै गिजामा इन्फेक्सन हुँदा पनि दाँतको बीचमा अन्तर आउन सक्छ। बालबालिकालाई यस्ता समस्या भोग्न नदिन सानैमा औंला चुस्ने बानी परिवर्तन गर्न लगाउनुपर्छ। औंला चुस्ने बानीले दाँतलाई मात्र होइन बालबालिकाको स्वास्थ्य लाई पनि असर गर्छ ।
औंलामा भएको रोगका किटाणुहरु सहजै शरीरिभित्र प्रवेश गर्ने हुनाले यसबाट विभिन्न रोगहरु पनि लाग्न सक्छ। यस्तो अवस्थामा अभिभावकहरुले सुरुमा सम्झाउने र सम्झाउदा पनि अटेर गरेमा उनीहरुलाई मनपर्ने खानेकुरा औंलामा लगाइदिदा औंला चुस्ने बानी विस्तारै हट्छ।
बच्चाको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध महत्वपूर्ण हुन्छ । आमाको दूध खान नपाएका बच्चामा औंला चुस्ने, नङ टोक्नेजस्ता समस्या देखिन्छन् । त्यसैले यस्ता समस्या समाधान को लागि पर्याप्त मात्रामा बालबालिकहरुलाई स्तनपान गराउनुपर्छ।