काठमाडौं– कोरोना (कोभिड १९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चार जनामा कोरोना नभएको पुष्टि भएको छ।
जनस्वास्थ्य प्रयोगशाला स्रोतको अनुसार परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरस नेगेटिभ देखिएको हो। अस्पतालले रिपोर्ट केही बेरपछि सार्वजनिक गर्ने तयारी गरेको छ।
चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ। तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन्।