एजेन्सी– फ्रान्सका जनतालाई चुम्बन नगर्न स्वास्थ्यमन्त्री ओलिभियर भिरानले सुझाव दिएका छन्। कोरोना भाइरस सर्ने डरले उनले सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन्।
‘ला बिसे’ संस्कार प्रचलन फ्रान्समा छ। ‘ला बिसे’ संस्कार फ्रान्स र युरोपेली देशमा एक अर्कालाई चुम्बन गरेर अभिवादन प्रकट गर्ने चलन हो। यो चलन धेरै पुरानो हो।
कोरोना भाइरसका कारण फ्रान्समा आइतबारसम्म २ को मृत्यु भएको पुष्टि भएको छ। साथै भाइरस संक्रमित हुनेको संख्या करिब १ सय पुगेको छ।