एजेन्सी– काँक्रोलाई जुनसुकै समयमा पनि सलादको रुपमा प्रयोग गरिन्छ। प्रशस्त मात्रामा पानी पाइने हुँदा काँक्रोलाई सबैले रुचाउँछन्। यसलाई घरदेखि रेस्टुरेन्टसम्म सलादको रुपमा प्रयोग गरिँदै आएको छ। खाना खाँदा सलादको रुपमा काँक्रो चपाउन पाउँदा सबैलाई आनन्द आउँछ।
काँक्रो खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि उत्तिकै फाइदा जनक मानिन्छ। काँक्रोमा ९५ प्रतिशत पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन। साथै काँक्रोमा भिटामिन बी, सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ।
काँक्रोको फाइदा
काँक्रो छाला र कपालका लागि अत्यन्तै उपयोगी मानिन्छ, यसमा पाइने बिटा करोटिनले कपाललाई मजबुत बनाउन र छालालाई नरम बनाउन मद्दत गर्दछ। घामले डढेर छाला कालो भएको छ भने, काँक्रोको रस निकाल्नुहोस् र त्यसमा कागतीको रस लगाउनुहोस्। अनि त्यसलाई १५ मिनेटसम्म छालामा लगाएर छोडिदिँदा त्यस्तो दाग हट्छ।
काँक्रोको नियमित खानाले कब्जियत, पेटमा ग्यास भरिने जस्ता समस्या कम गर्न सहयोग गर्नुका साथै पोलेको ठाउँमा काँक्रोको पातलो टुक्रा दल्नाले दुखाइ कम हुनुका साथै फोका उठ्नबाट बचाउने गर्दछ। महिनावारीको गडबडी हुने महिलाहरुका लागि पनि काँक्रोको सेवन लाभदायी मनिन्छ। काँक्रोलाई टुक्रा बनाएर दहीमा बिरे नुन, मरिच, जिरा, पुदिना आदि मिसाएर खाँदा महिनावारी नियमित हुनुका साथै महिनावारीका बेला हुने दुखाइ पनि कम गर्दछ।