काठमाडौं– हामीले कसै–कसैको खुट्टाको नशाहरू फुलेको देखेका छौँ। त्यस्तो अवस्थामा मान्छेलाई खुट्टा देखाउनै असहज हुने स्थिति पनि आउँदछ। नशा फुल्नु भनेको नशा सुन्निनु हो। नशा सुन्निनु भनेको नशा काम नलाग्ने हुनु हो।
खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ। खुट्टाको नशा फुल्ने समस्या धेरैलाई हुन्छ। यसलाई अहिले सजिलो विधिबाट पनि उपचार गर्न सकिन्छ। खुट्टाको नशा फुल्ने समस्याको उपचारमा सबैभन्दा भरपर्दो र उच्च गुणस्तरीय प्रविधिलाई ‘रेडियोफ्रिक्वेन्सी एबलेसन’ भनिन्छ।
रेडियोफ्रिक्वेन्सी एबलेसनका फाइदाः
यस्तो अवस्थामा शल्यक्रिया गरेको भोलिपल्ट नै राम्ररी हिँड्न सकिन्छ, शल्यक्रियामा कम रक्तस्राव हुन्छ, दुखाइ कम हुन्छ, आफ्नो काममा छिटो फर्कन सकिन्छ, छालामा सानो घाउँ र दाग मात्र रहन्छ।
भेरिकोज भेनको शल्यक्रिया गरेका बिरामीले के–के गर्नेः
शल्यक्रियाको एक सातासम्म चिकित्सकको सुझाव अनुसार खुट्टामा ब्यान्डेज लगाउने, खुट्टामुनि १–२ वटा सिरानी राखी खुट्टा उचाल्ने, खुट्टाको हलुका कसरत गर्ने, कम्तिमा दुई हप्तासम्म भारी सामान नबोक्ने र सिँढीमा तलमाथि धेरै नगर्ने।