काठमाडौं– निकै मिठो तथा गुणकारी फल हो, केरा। यो अरु फलको तुलनामा प्रायः सस्तो तथा सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्ने गर्छ । केरा खानमा मात्र मिठो होइन्, यस्मा निकै पौष्टिक तत्व पनि पाइन्छ।
हरेक विद्यार्थीले दिनको एउटा केरा खानु अति आवश्यक छ। यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँनमा मद्दत गर्दछ। शारीरिक व्यायाम गर्ने व्यक्तीले पनि केरा खानु अत्यन्त जरुरी छ। यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ। डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुराउँछ। यसमा भिटामिन र खनिज प्रचुर मात्रामा पाइन्छ। यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिनका कारण अन्य फलमध्ये सबैभन्दा उत्कृष्ट फलका रुपमा मानिन्छ।
यस्ता समस्या भएको बिरामीले केरा खानुहुँदैनः
टाउको दुख्ने रोग– यसमा थायरेमिन हुन्छ। केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ।
मांशपेशी कम्जोर हुन्छ– यसमा प्रोटिन कम हुन्छ। त्यसैले मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुदैन।
मोटोपनको समस्या– यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ। यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ।
ग्यास्ट्रिकको समस्या हुने व्यक्ती– ग्यास्ट्रिकको रोगीले पनि केरा खानुहुँदैन।