काठमाडौं– खानाको स्वाद बढाउन हरियो खुर्सानी प्रयोग गर्ने गरिन्छ। भिटामिन ए, बी–६, आइरन, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड प्रशस्त मात्रामा पाइने हरियो खुर्सानी अब स्वादको लागि मात्र नभई स्वास्थ्यका लागि पनि महत्वपूर्ण गुणले भरिपूर्ण रहेको एक अनुसन्धानले देखाएको छ।
स्वास्थ्यसम्बन्धी अनेक समस्या समाधानमा भूमिका खेल्ने हरियो खुर्सानीले डाइबेटिजबाट पीडित मानिसलाई अहम् लाभ र्पुयाउने अनुसन्धानकर्ताहरूको दाबी रहेको छ। शरीरमा बढेको सुगर लेभल कम गरी सन्तुलनमा राख्न हरियो खुर्सानीले रामबाणको काम गर्ने अनुसन्धानबाट सिद्ध भएको छ। यति मात्र नभई पाचनतन्त्र सबल तुल्याउन, अनावश्यक फ्याट कम गर्न र छालालाई चमकदार तुल्याउन पनि हरियो खुर्सानीको सेवनले महत्वपूर्ण काम गर्ने विज्ञहरूको दाबी रहेको छ।