काठमाडौं– कोरोना भाइरसकाे महामारी रहेको चीनको वुहान शहरबाट १ सय ७५ जना नेपालीको उद्धार गर्ने विमानको पाइलट र चालक दलका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाको अनुसार आइतबार आएको उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना नेगेटिभ देखिएको हो।
पाइलट र चालक दलका सदस्य गरी १८ जनालाई नगरकोटस्थित खानेपानी मन्त्रालयको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उनीहरुको स्वास्थ्य परीक्षणको नमुना शनिबार लिएको थियो।
चीनबाट उद्धार गरिएका १ सय ७५ जनालाई भने हाल खरिपाटीस्थित नेपाल विधुत प्राधिकरणको तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएकाे छ। उनीहरुको स्वास्थ्य परीक्षणको नतिजा भने सोमबार मात्र आउनेछ।