काठमाडौं– सलादका तथा तरकारीको रूपमा खाइने प्याज स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । मानिसहरु प्याजलाइ चटनी तथा चाटका रूपमा पनि प्याज सेवन गर्ने गर्छन्। काँचो प्याजले स्वास्थ्यमा धेरै फाइदा गर्दछ।
यसमा सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरूले भरपूर भएको काँचो प्याजको सेवनले विभिन्न गम्भीर रोगलाई पनि जरैबाट निर्मुल पार्ने गर्दछ। त्यसकारण यहाँ हामी प्याजले के–कस्ता रोग निको पार्छ भन्ने बिषयमा चर्चा गर्दैछौं।
घाँटी खसखसाउने– रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई हटाउनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पिउनुस्।
रक्ताल्पता– दिनदिनै एउटा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन। यसबाहेक प्याजमा भएका पोषक तत्त्वले रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्दछ।
पत्थरी– बिहानै खाली पेट दुई चम्चा प्याजको रस पिउनुस्। नियमित रूपमा यसको सेवनले पत्थरीको समस्या सधैंका लागि निर्मुल पार्दछ।
कब्जियत– प्याजमा भएका रेशाहरू पेटको रोगका लागि लाभदायक हुन्छन्। दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनतन्त्रले सुचारु रूपमा काम गर्दछ।
मधुमेह– काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्ने गर्छ । दिनदिनै एउटा काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको पार्छ।
रक्तचाप– प्याजमा भएको मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ। दिनको एउटा काँचो प्याज खाएमा उच्च रक्तचापबाट छुटकारा पाउन सकिन्छ।