एजेन्सी– विश्वव्यापी रुपले फैलिरहेको कोरोना (कोभिड १९) को संक्रमण देखिएको भन्दै कतारमा रहेको नेपाली राजदूतावासले सजगता अनपनाउन नेपालीहरुलाई आग्रह गरेको छ।
दूतावासले विज्ञप्ती जारी गर्दै विशेष रुपमा सजग रहन नेपालीहरुलाई आग्रह गरेको हो। चीनको वुहान शहरबाट शुरु भएर ६१ भन्दा बढी राष्ट्रमा फैलिएको कोरोना संक्रमणबाट जोगिने उपायहरुसमेत सुझाउँदै राजदूतावासले विज्ञप्ती जारी गरेको छ।
