काठमाडौं– भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि तोरीको तेल लोकप्रिय बन्दै आएको छ। दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे। रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने, ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गरेका थिए।
यसका साथै तोरीको तेल नेपाल तथा भारतमा खाना पकाउन प्रयोग हुँदै आएको छ। तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ। यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ। यी चिप्लो पदार्थ मुटुको धमनीको भित्तामा गएर बस्न सक्दैन। यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल हुदैन।
क्यान्सरको खतरा घटाउँछः अनुसन्धानहरुबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइएको छ। यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ।
मुटुुका लागि उपयोगीः तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ। यसका साथै ओमेगा थ्रि र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ। यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्याउँछन्। तोरीको तेलले एचडिएल (असल) कोलस्टेरोल बढाउँछ। यसबाट मुटु रोगको खतरा कम हुन्छ।
अन्य फाइदाहरुः मष्तिष्कको कार्यक्षमता बढाउँछ, दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ, छाला स्वस्थ बनाउन मद्दत गर्छ, शरीरका काला धब्बा हटाउँछ। त्यस्तै प्राकृतिक सनस्क्रीनको काम गर्छ, छाला सुख्खा हुन दिदैंन र संक्रमणबाट जोगाउँछ, कपाल झर्नबाट जोगाउँछ, सुख्खा हुुन दिदैंन, कपाल चाँडै फुल्न दिदैंन र तोरीको तेलले चायाँ पर्न पनि दिदैँन।