काठमाडौं– पोलेको मकै स्वादको लागि मात्र नभएर स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ। पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ। जसले बढ्दो उमेरको लक्षणलाईसमेत रोक्न मद्दत गर्छ।साथै क्यान्सरसँग लड्न पनि मद्दत गर्छ।
बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै उतिनै फाइदाजनक हुन्छ। पोलेको मकैको सेवनले मुटु स्वस्थ हुनुको साथै दाँत पनि बलियो हुने गर्दछ। मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी पनि निको हुन्छ।
त्यति मात्र नभई मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुग्ने गर्दछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ। भुटेको मकैमा प्रसस्त मात्रमा फाइबर पाइन्छ, जसले शरीरभित्रको ब्लड सुगरमा राम्रो प्रभाव पार्दछ ।